Wednesday, December 9, 2015

सिपाहीद्वारा आत्महत्या

तनहुँ, २३ मङ्सिर । तनहुँमा आज एक सिपाहीले आत्महत्या गरेका छन् ।

जिल्लाको खैरेनीटार बजारस्थित ३ नं बाहिनी अड्डामा सिपाहीपदमा कार्यरत ब्यास नगरपालिका–४ निवासी वर्ष २२ का सुरेश कार्कीले आत्महत्या गरेका हुन् ।

घर बिदामा गएका कार्कीले घरदेखि करिब ८०० मिटर टाढा पूर्वमा रहेको चिलाउनेको रुखमा डोरीको पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts