Wednesday, December 2, 2015

रुखबाट लडेर मृत्यु

तनहुँ, १६ मङ्सिर । रुखबाट लडेर तनहुँमा आज एक जनाको ज्यान गएको छ ।

बाख्रालाई घाँस काट्न रुखमा चढेका व्यास–४ फराकचौर निवासी नारायण कार्कीका छोरा १८ वर्षका शिव कार्कीको लडेर ज्यान गएको हो । रुखबाट लडेर घाइते भएका कार्कीको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपश्चात् पोखराको मणिपाल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतकको शव आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts