Wednesday, December 2, 2015

सञ्चारकर्मी पीडित भएको गुनासो

पथरी (मोरङ), १६ मङ्सिर । मधेसी मोर्चाको आन्दोलनको समाचार सङ्कलन गर्नका लागि घटनास्थलमा जाँदा सञ्चारकर्मी दुवै पक्षबाट पीडित भएको गुनासो गरेका छन् ।

विराटनगरमा नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर आज मधेस आन्दोलनका क्रमका स्थानीय मिडिया तथा सञ्चारकर्मीले भोगेको समस्याका बारेमा जानकारी लिन आउँदा सञ्चारकर्मीले आन्दोलनकारी र सुरक्षाकर्मीको दोहोरो मारमा परेको गुनासो गरेका हुन् ।

उनीहरुले तत्काल समस्या समाधान गर्नुपर्ने महासचिव मगरको ध्यानाकषर्ण गराएका थिए ।

महासचिव मगरले पत्रकारले जात र धर्मभन्दा माथि उठेर कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले अहिले मधेसमा भइरहेको आन्दोलन राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै समाधान हुनुपर्ने धारणा राख्नु भयो ।
सो कार्यक्रममा प्रेस चौतारी मोरङमा अध्यक्ष रामचन्द्र अधिकारी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलाबल्लभ घिमिरे, मधेस पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहार, क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय सदस्य विवेक गौतमलगायतका पत्रकारले पत्रकारका समस्याको विषय राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टको सभापतित्वमा सम्पन्न भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts