विराटनगर, १६ मङ्सिर । २४आँै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज दुई जना अपाङ्गलाई ह्वील चेयर प्रदान गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ मोरङद्वारा विराटनगरमा सञ्चारकर्मीसँग आयोजित अन्तक्र्रियामा सिभिआर नामक संस्थाले विराटनगरमा १८ वर्षीय प्रकाश गुप्ता र १२ वर्षीय चिरञ्जीवी चौधरीलाई सो चेयर प्रदान गरिएको हो ।
सो अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ मोरङका अध्यक्ष विमल बस्नेतले ह्वील चेयर प्रदान गर्दै अपाङ्ग भएका व्यक्तिलाई स्वास्थ्य, शिक्षा र रोजगारको समस्या रहेको बताउनुभयो ।
यसका साथै सो महासङ्घद्वारा विराटनगरको जनआन्दोलन चोकमा दीप प्रज्जवलन गरिएको छ । रासस
No comments:
Post a Comment