Friday, December 11, 2015

सांसद लामाद्वारा स्वास्थ्यचौकीलाई जग्गादान

त्रिशूली (नुवाकोट), २५ मङ्सिर । नुवाकोट क्षेत्र नं ३ का नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले आफ्नो जन्मथलो मनकामना गाविसमा रहेको मनकामना स्वास्थ्यचौकीका लागि चार रोपनी जग्गादान गर्नुभएको छ ।

मालपोत कार्यालयमा आज सांसद लामाले आफ्नो अंशमा रहेको चार रोपनी जग्गा हस्तान्तरण गर्नुभएको हो । सांसद लामाले पिता दीपबहादुरको नाममा रहेको आफ्नो अंशको जग्गामा केही थप जग्गा किनेर दान गर्नुभएको हो । मनकामना गाविस–२ मा रहेको सो जग्गा स्वास्थ्यचौकीका इन्चार्ज मदनप्रसाद साहलाई हस्तान्तरण गरिएको हो ।

गाउँमा सुविधासम्पन्न स्वास्थ्य संस्था निर्माण होस् र स्थानीय नागरिकले सहजरुपमा सेवा पाऊन् भनेर जग्गा प्रदान गरिएको सांसद लामाले बताउनुभयो । मालपोत कार्यालय प्रमुख पृथबहादुर केसीले पछिल्लो समय स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा दान दिने क्रम बढेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts