हुम्ला, १४ पुस । सरकारी कार्यालयबाट पर्याप्त चामल नपाएका लिमी गाविसका जनताले छिमेकी मुलुक चीनबाट अत्यावश्यकीय उपभोग्य सामान सहज रुपमा ल्याउन ४७ सदस्यीय गाउँ परिषद् गठन गरेका छन् ।
स्थानीय जनताकै पहलमा पाँच वर्ष अवधिका लागि गठित सो परिषद्मा अध्यक्ष सुनाम नोर्केग्ले तामाङ सहित नौवटै वडाका वडाध्यक्ष र सदस्य रहेको सदरमुकाम सिमीकोट आइपुग्नुभएका छिरिङपाल्जोर लामाले जानकारी दिनुभयो । परिषद्को गठन विधानतः निर्वाचनबाटै हुनुपर्ने थियो ।
लामाका अनुुसार परिषद् गठन भएपछि सीमावर्ती बजार ताक्लाकोटबाट जुत्ता, कपडा, मैदा जस्ता उपभोग्य सामान ल्याउन सजिलो हुने छ । रासस
Tuesday, December 29, 2015
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment