पाँचथर, १४ पुस । सदरमुकाम फिदिम– १ बुद्धमार्गमा आज बिहान आगलागी हुँदा रु ११ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
अचानक विद्युत् प्रवाह भई चन्द्र भट्टराईका घरमा आगलागी हुँदा करिब रु ११ लाख ५० हजारको धनमाल जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भट्टराईको घरमा रहेको प्रेम सिबाको सिलाइ पसल तथा सरला लिम्बूको फेन्सी पसल जलेको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
सो आगलागी स्थानीयवासी र प्रहरीको सक्रियतामा एक घन्टापछि नियन्त्रणमा लिइएको थियो । वारुणयन्त्र समयमै आउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । रासस
No comments:
Post a Comment