Tuesday, December 8, 2015

उपराष्ट्रपति पुन सार्क दिवसमा

काठमाडौँ, २१ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापना तथा सार्क बडापत्र अनुमोदनको ३१औँ वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

सार्कका महासचिव अर्जुनबहादुर थापाले आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा सभामुख ओनसरी घर्ती पनि सहभागी हुनुभयो ।

समारोहमा उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शीर्षनेता, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, व्यापारी, कलाकार, समाजसेवी, वरिष्ठ सञ्चारकर्मी तथा कामको सिलसिलामा यहाँ रहेका सार्क मुलुकका नागरिकको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts