काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) ले एसएलसी परीक्षामा यस वर्षबाट लागू गरिने ‘लेटर ग्रेडिङ’ (अक्षराङ्कन प्रणाली) को पुनरावलोकन गर्न सुझाएको छ ।
एसोसिएसनका अध्यक्ष कर्णबहादुर शाही नेतृत्वको टोलीले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी यसै शैक्षिकसत्रदेखि लागू गरिने अक्षाराङ्कमा मूल्याङ्कन प्रणालीलाई आवश्यक पूर्वाधार नै पूरा नगरी ल्याउन खोजिएको गुनासो गरेको हो ।
अध्यक्ष शाहीले प्रवेशिकाको पूर्वतयारी परीक्षा सञ्चालन गरेरमात्र बोर्ड परीक्षामा विद्यार्थीलाई सम्मिलित गराउन या आवश्यक पूर्वाधार तयार गरेर आउने शैक्षिकसत्रबाट मात्र नयाँ प्रणाली लागू गराउन माग गर्नुभयो ।
यस्तै, तराई मधेसको आन्दोलनलाई ध्यानमा राखी ती जिल्लामा परीक्षा केही पछि सार्न पनि टोलीले आग्रह गरेको छ ।
मन्त्री पोखरेलले मागका बारेमा आवश्यक छलफल गर्ने विश्वास दिलाउनुभएको छ । रासस
No comments:
Post a Comment