फलेवास (पर्वत) २२ मङ्सिर । पर्वत जिल्लाको लिमिठाना गाविसमा राँगोले हानेर एक वृद्धको ज्यान गएको छ ।
आफ्नै घरमा पालेको राँगोले हानेर लिमिठाना गाविस–९ डुम्रेबोटका ६५ वर्षीय टुकप्रसाद सापकोटाको आज ज्यान गएको हो ।
छिमेकीको घरमा राँगो लिएर गएका सापकोटालाई आज बिहान राँगोले हानेर घटनास्थलमै मृत्यु भएको स्थानीयवासी नेत्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । सापकोटाले विगत ४० वर्षदेखि व्यावसायिकरुपमा राँगो पाल्दै आउनुभएको थियो । रासस
No comments:
Post a Comment