Monday, December 7, 2015

संविधानबारे काँग्रेसको प्रशिक्षण पुसमा

काठमाडौं, २१ मङ्सिर । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामी पुस ४ र ५ गते धनगढीमा सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

सुवर्ण जयन्तीको सन्दर्भ पारेर हुने सो प्रशिक्षणमा उक्त क्षेत्रका जिल्ला सभापति र क्षेत्रीय सभापतिको सहभागिता रहने प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले राससलाई बताउनुभयो ।

काँग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानका मूलभूत विशेषता जनतासमक्ष पु¥याउने तथा संविधानको समुचित कार्यान्वयन मार्फत सामािजक सद्भाव र राष्ट्रिय एकतालाई थप समृद्ध बनाउने सो अभियानको उद्देश्य छ ।

तराई मधेसका विभिन्न जिल्लामा पुगेर सो क्षेत्रको समस्या र त्यसको निकासबारे पनि पेसाकर्मी लगायत सरोकार भएकाहरुसँग छलफल गरिने नेता आचार्यले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts