Monday, December 7, 2015

भारतीय प्रमलाई मानवअधिकारकर्मीको पत्र

काठमाडाँै, २१ मङ्सिर । मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित हजारौँ नेपालीले हस्ताक्षर गरेको अनुरोध पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दूतावासमार्फत बुझाएको छ ।

विश्व मानवअधिकार दिवसका अवसरमा मङ्सिर १८ गतेदेखि आजसम्म सङ्कलन गरिएको हस्ताक्षर समाजले आज दूतावासमा बुझाएको हो । समाजले काठमाडौँका नयाँ सडक, रत्नपार्क, वसन्तपुर, चाबहिललगायतका विभिन्न स्थानमा हस्ताक्षर सङ्कलन गरेको हो ।

‘सत्सठ्ठिआँै विश्व मानवअधिकार दिवसका सन्दर्भमा हामी नाकाबन्दी मानवअधिकारमाथि कुठाराघात हो भन्ने सत्य महामहिमलाई स्मरण गराउँदै भारतले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गर्दछौँ’ भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई सम्बोधन गरी लेखिएको पत्रमा हजारौँ नेपालीले हस्ताक्षर गरेको समाजका सभापति गङ्गाधर अधिकारीले जानकारी दिनुभयो ।

मानवअधिकार दिवसका सन्दर्भमा समाजले नाकाबन्दीविरुद्धका अन्य कार्यक्रम जारी राखेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts