काठमाडौँ, २३ मङ्सिर । काठमाडौँको झोसेस्थित पाँचतले घरको तेस्रो तलामा आज आगलागी हुदाँ लाखौ रुपियाँ बराबरको क्षति भएको छ ।
जनसेवा प्रहरी नयाँ सडकका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार श्रीकृष्ण श्रेष्ठको सो घरको तेस्रो तला भाडामा लिई मनोज खतिवडाले इलेक्ट्रोनिक्स सामानको गोदाम राखेका थिए ।
आगलागीपछि स्थानीय, प्रहरी र चार दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएपछि अन्य तलामा आगो फैलन पाएन ।
आगलागीका कारण गोदाममा रहेका ग्यास चुलो, इन्डक्सन चुलो रहेका सबै सामान र सो तलाका झ्याल, ढोका जलेर नष्ट भएका छन् ।
आगलागीका कारण नखुलेको र सोबारे अनुसन्धान भइरहेको नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment