दैलेख, २३ मङ्सिर । स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले लामो समयदेखि स्थानीय निकायविहीन जिल्ला तथा गाविसमा स्थानीय निकायको चुनाव सरकारले संवैधानिक व्यवस्थाअनुसार गराउने बताउनु भएको छ ।
राज्यमन्त्री शाहीले नारायण नगरपालिकाले आज गरेको एक कार्यक्रममा स्थानीय निकायको चुनावअघि जनताको काम छिटोछरितो रुपमा गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
राज्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएकी राज्यमन्त्री शाहीलाई दैलेख सदरमुकाममा भब्य स्वागत गरिएको थियो ।
पुरानो बजारस्थित भगवती टोलदेखि नै बधाई तथा स्वागत गर्नका लागि ठुलो सङ्ख्यामा शुभचिन्तक जम्मा भएका थिए । त्यस्तै राप्रपा नेपालका नेता तथा कार्यकता पनि स्वागतका लागि भेला भएका थिए । रासस
No comments:
Post a Comment