काठमाडाँैं, १९ मङ्सिर । पूर्वाञ्चल विश्वविद्यायलयका उपकुलपति प्रा डा. घनश्यामलाल दाशले कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागद्वारा प्रकाशित केसीसी मिडिया जर्नलको पहिलो अङ्कको आज यहाँ विमोचन गर्नुभयो ।
राससका कार्यकारी सम्पादक तथा पत्रकारिताका उपप्राध्यापक एकराज पाठक सम्पादक रहेको सो जर्नलमा पत्रकारिताको उत्तरदायित्व, सञ्चार व्यवस्थापन, विकास पत्रकारिता, सामुदायिक रेडियो, सूचनाको हक, सामाजिक मिडिया (सोसियल मिडिया) लगायतका विभिन्न विषयका नौ वटा अनुसन्धानमूलक लेख समावेश छन् ।
सो अनुसन्धानमूलक वार्षिक जर्नलको विमोचन गर्दै उपकुलपति प्रा डा दाशले वर्तमान शिक्षा प्रणालीलाई अनुसन्धानमूलक र व्यावहारिक बनाउनुपर्नेमा जोडदिदै अहिलेको आवश्यकतामा यस जर्नलले सघाउ पु¥याउने धारणा राख्नुभयो ।
उहाँले पूर्वाञ्चल विश्वविद्यालयले समयमा परीक्षा सम्पन्न गर्न नसक्ने तथा व्यवस्थापकीय रुपमा पनि विभिन्न प्रश्न उठाउने गरिएको प्रसङ्ग उल्लेख गर्दै यसको प्राज्ञिक पात्रोलाई बलियो गरी परिवर्तन गर्नुका साथै विश्वविद्यालयका विविध पक्षको सुधारका कार्य सुरु गरिएको जानकारी दिनुभयो ।
उक्त जर्नलको समीक्षा गर्दैै प्रा डा महेन्द्र सिंहले नेपाली पत्रकारिताको क्षेत्रमा अनुसन्धान तथा समाजप्रति उत्तरदायी बनाउनुपर्ने यसको दायित्वमाथि प्रश्न उठिरहेका बेला यो जर्नलले यसका लागि थप बल प्रदान गर्ने बताउनुभयो ।
सो कार्यक्रममा आमसञ्चार तथा पत्रकारिताका प्राध्यापकद्वय रामकृष्ण रेग्मी र चिरञ्जीवी खनालले नेपाली पत्रकारिताको क्षेत्रलाई थप अनुसन्धानमूलक बनाउन यस्ता जर्नलहरुको प्रकाशन र निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपालमा पत्रकारिता बिधाको सैद्धान्तिक बहस सुरु भइसकेको अवस्थामा यसको प्राज्ञिक पाटोलाई पनि उजागर गर्न यस जर्नलले सहयोग पु¥याउने अपेक्षा गर्नुभयो ।
उक्त क्याम्पसका अध्यक्ष सुमन कटवाल, क्याम्पस प्रमुख रवि श्रेष्ठ र प्राध्यापक हेमन्त शमशेर राणाले उक्त जर्नलले नेपाली पत्रकारिताको विश्वविद्यालय कक्षालाई समाचार गृहको समाचारकक्षसँग जोड्ने काममा सघाउ पु¥याउने अपेक्षा गर्नुभयो । रासस
No comments:
Post a Comment