Saturday, December 5, 2015

गहुँ खेतीका लागि २१३ मेट्रिक टन बीउ वितरण

कलैया, १९ मङ्सिर । बारा जिल्लामा यस वर्ष गहुँ खेती गर्नका लागि राष्ट्रिय बीउबिजन कम्पनी हेटौँडाबाट प्राप्त कोटामध्ये आजसम्म २१३ मेट्रिक टन गहुँ बीउ कृषकलाई वितरण गरिसकेको कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवबाट थाहा भएको छ ।

कम्पनीबाट प्राप्त भएका २१३ मेट्रिक टन बीउमध्ये जिल्लाको सिमरा, निगजगढ, कोल्हवी र तेरीया गाविसका कृषकका लागि ६६ मट्रिक टन दिएका र बाँकी १४७ मेट्रिक टन कृषि विकास कार्यालय कै रोहबरमा कृषि सामग्री कम्पनी कलैयाले प्रतिकेजी रु ४९। का दरले कृषकलाई वितरण गरिसकेको कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरले बताउनु भयो ।

यसवर्ष करिव २९ हजार (उन्नतीस) हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने भएकोले प्रतिहेक्टर १२० केजीका दरले कुल तीन हजार पाँच मेट्रिक टन गहुँ बीउ आवश्यक पर्ने भएकोमा राष्ट्रिय बीउबिजन कम्पनीले बाराका लागि २३३ मेट्रिक टन बीउ कोटा दिएको थाहा भएको छ भने बाँकी
बीउ कृषकले आफैँ व्यवस्था गरिने भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts