Friday, December 4, 2015

सशस्त्र प्रहरीद्वारा चरेस बरामद

वीरगन्ज, १८ मङ्सिर । सशस्त्र प्रहरीले पर्साको मसिहानी–१ बाट ३५ किलोग्राम प्रतिबन्धित लागुपदार्थ चरेस बरामद गरेको छ । खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरी सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बेसक्याम्प भिखमपुरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति उक्त परिमाणको चरेस बरामद गरेको हो । स्थानीय जङ्गल क्षेत्रवाट चार÷पाँचजनाको समूहमा आएका तस्करलाई शङ्का लागेर सशस्त्र प्रहरीले रोक्न खोज्दा चरेस फालेर उनीहरु फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेस आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको सशस्त्र प्रहरी निरीक्षक शम्भुविक्रम शाहले बताउनुभयो ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts