लहान, १८ मङ्सिर । सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आभाव नभए पनि व्यापारीले आयोडिन नुनको कालोबजारी गर्दै आएका छन् ।
संयुक्त मधेसी मोर्चाको विगत तीन महिनाभन्दा बढी समयदेखि जारी आमहडतालका कारण आयोडिन नुनको आपूर्ति हुन नसकेको भन्दै स्थानीय व्यापारीले आयो नुनको कालोबजारी गर्दै आएका हुन् ।
सिरहा जिल्लामा आयोडिन नुनको आभाव नभए पनि स्थानीय व्यापारीले नुनको कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ ।
आयोडिन नुन एककिलो प्याकेटको खुद्रा मूल्य रु २० रहेपनि आमहड्तालका कारण देखाउँदै व्यापारीले अहिले प्रतिप्याकेट रु ४० देखि रु ६० सम्ममा बिक्री गर्दै आएको उपभोक्ताको भनाइ छ ।
बजारमा आयोडिन नुनको आभाव नभए पनि व्यापारीले नुनको कृत्रिम आभाव देखाएर बढी मूल्यमा बिक्रीवितरण गर्दासमेत बजार अनुगमन हुन सकेको छैन् ।
यता सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेङ्ङि कर्पाेरेसन लहानले सिरहाका विभिन्न बजारमा आयोडिन नुनको भण्डारण रहेको दाबी गरेको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेसनको गोदाममा पनि अहिले दुईहजार १०० बोरा आयोडिन नुनको स्टक रहेकाले यसपालि नुनको आभाव नहुने साल्ट ट्रेडिङ कर्पाेरेसन लहानका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिरहाको लहानमा दुई हजार बोरा, धनगढीमा एक हजार बोरा, गोलबजारमा पाँचसय बोरा, मिर्चैयामा एक हजार बोरा र सदरमुकाम सिरहामा पाँचसय बोरा नुन स्टकमा रहेको छ ।
साल्ट ट्रेडिङले जिल्लाको १२ वटा डिलरमार्फत जिल्लामा नुनको बिक्रीवितरण गर्दैआएको प्रमुख साहको भनाइ छ । रासस
No comments:
Post a Comment