Saturday, December 26, 2015

अख्तियारलाई निरुत्साहित नगराऊ : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी

काठमाडौँ, ११ पुस । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भ्रष्टाचारमा शङ्का लागेका व्यक्तिमाथि छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयासलाई हतोत्साहित गर्न नहुने बताउनुभएको छ ।

रोजगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभामा पूर्व अध्यक्ष रेग्मीले आयोगलाई निरुत्साहित गर्ने गरी प्रतिक्रिया आउनु ठीक नभएको धारणा राख्नुभयो । “आयोगले पनि निष्पक्ष र न्यायपूर्ण निर्णय गर्नुपर्दछ, त्यसका लागि सम्बन्धित पक्षहरुबाट सकारात्मक नै सहयोग हुनुपर्दछ – “उहाँले भन्नुभयो ।

उहाँले निम्न आय स्रोत भएका व्यक्तिहरुको आर्थिक विकास र स्वरोजगार सिर्जनामा सहकारीहरुले ठूलो योगदान पु¥याएको चर्चा गर्दै सहकारीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट सदस्यहरुलाई प्रमुख अतिथि रेग्मीमार्फत सम्मान गरिएको थियो । झन्डै रु एक करोड २३ लाख सेयर पुँजी रहेको सहकारीले गत वर्ष खुद रु एक लाख ७७ हजार मुनाफा गरेको सहकारीका सचिव सरोज नेपालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts