म्याग्दी (बेनी), १९ मङ्सिर । म्याग्दीका एक व्यक्तिले गाउँमा रहेको प्राथमिक विद्यालयलाई रु १० लाखभन्दा बढी मूल्यको एक रोपनी पाँच आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।
म्याग्दीको राखु भगवती गाविस–३ मा अवस्थित सिद्धार्थ ज्ञान मन्दिर प्रावि राखुलाई स्थानीय समाजसेवी क्षेत्रबहादुर श्रेष्ठले एक रोपनी पाँच आना जग्गा उपलब्ध गराउनुभएको विद्यालयका प्रधानाध्यापक तोरणवहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
राखु भगवती स्थाई घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सो जग्गा उपलब्ध गराउनुभएको थियो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रम जग्गादाता श्रेष्ठलाई सांसद् नवराज शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तप्तबहादुर खत्रीले सम्मान गर्नुभएको थियो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment