Sunday, December 6, 2015

इन्धन अभावले सडक विभागको बजेट १० प्रतिशत मात्र खर्च

काठमाडौँ, २० मङ्सिर । इन्धन अभावको अवस्था एक महिनासम्म यथावत् रहे सडक विभागले ठेक्कापट्टा गरेर निर्माणको क्रममा रहेका सडकको काममा गम्भीर असर पर्ने भएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा विभागले ८०० किमी नयाँ माटे सडक, ७०० किमी सडकको स्तरोन्नति, ८५० किमी आवधिक मर्मत, नौ हजार २०० किमी नियमित मर्मतसम्भार र १२५ वटा पक्की पुल निर्माणको कार्यक्रम रहेको प्रवक्ता उमेश झाले राससलाई जानकारी दिनुभयो ।

“यी कार्यक्रमका लागि रु ३९ अर्ब लागत लाग्नेछ, गत वर्ष चारमहिने अवधिमा लागतको १३ प्रतिशत खर्च भएकोमा यस वर्ष इन्धन अभावले रु चार अर्ब अर्थात् १० प्रतिशत मात्र खर्च भएको छ”–उहाँले भन्नुभयो–“अहिलेसम्म त्यति ठूलो असर नपरे पनि अब एक महिना यही अवस्था रहेमा निर्माणमा गम्भीर असर पर्नेछ, वर्षा, दसैँ र तिहारले त्यति असर नपरेकाले अब सोच्नुपर्ने भएको छ, विभागलाई निर्माण कार्यका लागि दैनिक एक लाख लिटर डिजेल लाग्छ ।”

निर्माण कार्य समयमा सक्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा विभागले सरोकारवालासँग छलफल गरिरहेको पनि उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts