भक्तपुर, १६ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटालाई वन संरक्षणका योजना ल्याउन र भूकम्पपीडितलाई सहज रुपमा काठ उपलब्ध गराउन सुझाव दिनुभएको छ ।
सो अवसरमा मन्त्री सापकोटाले वन संरक्षणका लागि वृक्षरोपण अभियान चलाउन र भूकम्पपीडितलाई सहजरुपमा काठ उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभएको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment