Wednesday, December 2, 2015

प्रनाउ निलम्बित

काठमाडौँ, १६ मङ्सिर । मादक पदार्थ सेवन गरी हुलहुज्जत गरेको आरोपमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाल निलम्बनमा परेका छन् ।

सिलवालले गए राति कमलादीस्थित एक रेस्टुराँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले सिलवाललई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सिलवाल कार्यरत आयुक्तको कार्यालयले प्रहरी प्रधान कार्यालयमा कारबाहीका लागि पत्र पठाएकामा गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts