Wednesday, December 2, 2015

एमालेको तराई भेला सोमबारदेखि चितवनमा

रत्ननगर (चितवन), १६ मङ्सिर । नेकपा (एमाले)को तराई भेला रत्ननगरस्थित सौराहामा सोमबारदेखि हुने भएको छ ।

तराईमा जारी आन्दोलनको विषयमा एमालेको एकीकृत धारणा बनाउन यही मङ्सिर २१ र २२ गते तराई भेला हुन लागेको एमाले चितवनका अध्यक्ष जेएन थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा तराईका २२ जिल्लाका २६१ प्रतिनिधि भेलामा सहभागी हुनेछन् ।

भेलामा वर्तमान समसामयिक समस्या र तराई आन्दोलनको समीक्षा गर्दै पार्टीको भावी रणनीति तय गरिने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts