काठमाडौं, २२ मङ्सिर । जापान सरकारले नेपालको भूकम्प प्रभावित क्षेत्रमा क्रियाशील दुईवटा जापानी गैरसरकारी संस्थालाई करिब रु चार करोड १५ लाख ४५ हजार सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालस्थित जापानी राजदूतावासका अनुसार जापानी गैरसरकारी संस्था आम्दा बहुक्षेत्रीय एकीकृत विकास सेवा (आम्दा–माइन्ड्स) लाई काभ्रेपलाञ्चोक जिल्लाका तीनवटा गाउँ विकास समितिमा आवास पुनःनिर्माणमा सहयोग गर्न करिब रु तीन करोड २५ लाख ९५ लाख प्रदान गरिएको छ ।
यो परियोजना काभ्रेपलाञ्चोकका खार्पाचोक गाविस, सिपाली–चिलाउने गाविस र वाल्टिङ गाविसमा सञ्चालन हुनेछ । परियोजनाबाट छनोट गरिएका गाविसमा आवास पुनःनिर्माण समिति गठन गरिने, गाविसको भौगोलिक बनावट नक्सा तयार पारिने, घर निर्माणसम्बन्धी सीपमूलक तालिम प्रदान गर्ने तथा आवास पुनःनिर्माणसम्बन्धी सामुदायिक क्रियाकलापलाई प्रबद्र्धन गरिनेछ ।
यसैगरी, जापान इस्राएड सहयोग कार्यक्रमलाई पनि विपद्सम्बन्धी विशिष्ट शिक्षा कार्यक्रम सञ्चालनका लागि करिब रु. ८९ लाख ५० हजार प्रदान गरिएको छ । यो कार्यक्रमबाट त्रिचन्द्र कलेजको मनोविज्ञान तथा दर्शनशास्त्र विभागलगायतलाई सहयोग गरिने बताइएको छ । रासस
No comments:
Post a Comment