काठमाडौँ, २२ मङ्सिर । सूचना, सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले संविधानका बारेमा मधेसमा फैलिएको भ्रमलाई हटाउन युवावर्ग क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
युवा सङ्घ नेपालको स्थायी कमिटीको बैठकमा उहाँले मधेसकेन्द्रित भई संविधानकाबारे अभियान संचालन गरी मधेस आन्दोलनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।
सङ्घको इन्चार्जसमेत रहनुभएका मन्त्री राईले अहिलेको संविधानले मधेसी जनतालाई उपलब्ध गराएका अधिकारका बारेमा युवा सङ्घ मधेसमा गएर यथार्थ सूचना प्रवाह गरी मधेस आन्दोलनले मुलुकमा उत्पन्न गरेको परिस्थितिका बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।
यसैगरी, यही मङ्सिर २९ गते सर्लाहीको हरिवनमा कार्यकर्ता भेला तथा प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष राजीव पहारीको अध्यक्षतामा बसेको बैठकले मधेसकेन्द्रित भई मधेस आन्दोलनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment