गुलरिया (बर्दिया), १४ पुस । सरसफाइ सप्ताहको अवसरमा मेची महाकाली राष्ट्रव्यापी सरसफाइ अभियान अन्तर्गत आज बाँसगढी नगरपालिकादेखि बबई नगरपालिकासम्म सफाइ गरिएको छ ।
यही पुस ९ देखि १६ गतेसम्म चल्ने राष्ट्रव्यापी सरसफाइ अभियानका क्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मिराज पाण्डे र उपसचिव चिरञ्जीवी तिमिल्सेना, निमित्त प्रजिअ श्रीनाथ पौडेल, स्थानीय विकास अधिकारी तेजराज शर्मालगायत सरकारी कार्यालयका प्रमुख र अन्य सरोकारवाला निकायकाले बाँसगढी बजारदेखि भुरीगाउँ बजारसम्म र बाँसगढी नगरपालिकादेखि बबई नगरपालिकासम्म सरसफाइ गरेका थिए । रासस
No comments:
Post a Comment