Saturday, December 26, 2015

सद्भावना अध्यक्ष महतो अस्पताल भर्ना

विराटनगर, ११ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना हुनुभएको छ ।

विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो ।

झडपका क्रममा उहाँको टाउकोमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उहाँको अवस्था सामान्य रहेको छ ।

उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा पाँचजना प्रर्दशनकारीलाई पक्राउसमेत गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts