काठमाडौँ, ११ पुस । उद्योग वाणिज्य महासङ्घले सुपारी खेतीमा एकाधिकार प्रणाली लागू गरिएको भन्दै सुपारी किसानले त्यसको अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
महासङ्घले गरेको निर्णयविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका सुपारी किसानले आज यहाँ पत्रकारसम्मेलन गरी महासङ्घको आन्तरिक गुटबन्दी, आर्थिक चलखेल र स्वार्थगत प्रवृत्तिबाट उत्पादक समस्यामा परेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको हो ।
आफूहरूका सबै माग यही पुस १७ गतेभित्र पूरा नभएको खण्डमा थप कडा सङ्घर्षमा उत्रने उनीहरूको भनाइ छ । मेची सुपारी तथा फलफूल विकास संस्था झापाका उपाध्यक्ष तोयानाथ अधिकारीले सुपारीसम्बन्धी कार्यविधि, २०६८ बमोजिम व्यवस्था नहुँदा किसान अत्यन्त मर्कामा परेको गुनासो गर्नुभयो ।
किसानले आफूहरूको शान्तिपूर्ण धर्ना तथा अनशनसहितका विरोधका कार्यक्रमलाई करिब ४० दिन पुग्दासमेत महासङ्घले कुनै सुनुवाइ नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । किसानले मङ्सिर ३ गतेदेखि शान्तिपूर्ण धर्ना तथा अनशनसहितका विरोधका दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
सुपारीसँग सम्बन्धित कार्यविधि, २०६८ बमोजिम महासङ्घले उत्पत्तिको प्रमाणपत्र जारी गराइने अधिकार झापा जिल्लाबाट एउटा मात्र संस्थालाई निरन्तर दिँदा अन्य योग्य प्रतिस्पर्धी संस्थालाई पक्षपातपूर्ण ढङ्गले हरेक वर्ष पाखा लगाइएको गुनासो किसा
No comments:
Post a Comment