Wednesday, December 2, 2015

कक्षा १२ को मौका परीक्षामा चौरासी प्रतिशत उत्तीर्ण

भक्तपुर, १६ मङ्सिर । उच्चमाध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को मौका परीक्षामा ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी ३३ हजार २११ मध्ये २८ हजार १०१ उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । गत वर्ष ८३ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

कक्षा ११ का सबै विषय उत्तीर्ण भएका तर कक्षा १२ मा एक विषयमा मात्रै अनुत्तीर्ण भएका विद्यार्थीका लागि परिषद्ले गत कात्तिक २१ गते मौका परीक्षा सञ्चालन गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts