Thursday, December 17, 2015

मोटरसाइकल दुर्घटनामा मृत्यु

सल्यान, २ पुस । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत श्रीनगर रामेखोला सडक खण्डमा पर्ने भालुखोला नजिक रा २ प १५२७ नंको मोटरसाइकल आज दुर्घटना हुँदा शारदा नगरपालिका ३ बयलडाँडा निवासी ४१ वर्षीय विश्वास हमालको घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान रुकुमबाट श्रीनगर आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको ढुुङ्गामा ठोकिएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts