Wednesday, December 9, 2015

पर्वतमा काँग्रेस एकता अभियान, पौडेल सभापतिको दौडमा

फलेवास (पर्वत) २३ मंसिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकताबद्ध भएर पार्टीलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

‘कस्तो बन्यो संबिधान अब सुरु गरौँ एकताको अभियान’ भन्ने नाराका साथ पर्वत आइपुग्नुभएका उपसभापति पौडेलले आज कार्यकर्तालाई पार्टीभित्र रहेको अन्तर्विरोध कम गर्दै एकताको सन्देश दिन अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

अहिलेसम्म मुलुकमा भएका ठूला परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको उहाँको भनाइ थियो ।

माओवादीले सुरु गरेको जातीय राज्य र सीमाङ्कनको विवाद झिकेर देशलाई नै विखण्डन ल्याउने कार्य गरेको आरोप लगाउँदै उहाँले माओवादीकै कारण अहिले मधेसमा आन्दोलन भएको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समयमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा दुबैको भूमिका राष्ट्रिय राजनीतिमा निष्प्रभावी देखिएकाले आगामी महाधिवेशनमा आफू सभापति दौडमा होमिएको प्रस्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts