Wednesday, December 9, 2015

चिया कारखानामा आगलागी हुँदा एक करोडको क्षति

सुरुङ्गा (झापा) २३ मङ्सिर । झापाको भद्रपुर–४ मा रहेको खुश्वु टी स्टेटमा आज दिउँसो आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

टी स्टेटमा रहेको कोल्ड हिटरबाट सल्किएको आगो चिया पकाउने डायरसमेत क्षति हुँदा सो मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक अभय जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट कोल्ड हिटर र चिया पकाउने डायरको मेसिन पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार दुईवटा मेसिनको मूल्य रु ८० लाख पर्छ ।

त्यस्तै गोदाम घर छेउमा स्टोर गरेर राखिएको ४५० बोरा तयारी चिया पनि जलेर नष्ट भएको खुश्वु टी स्टेटका सञ्चालक जेपी शर्माले बताउनुभयो । चियाको मूल्य रु २० लाख पर्ने शर्माको भनाइ छ ।

भद्रपुर नगरपालिकाको वारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts