Wednesday, December 9, 2015

कुबेर मर्चेन्टका प्रमुख कार्यकारी सुवेदी पक्राउ

काठमाडौँ, २३ मङ्सिर । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको छ ।

कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँग मिलेमतो गरी सङ्घ संस्थालाई प्राप्त हुने रकम कम्तीमा रु ६८ लाख हिनामिना गरेकोलगायतको आरोपमा उनलाई आज ज्ञानेश्वरबाट पक्राउ गरिएको हो ।

नेपाल राष्ट्र बैंक, समस्याग्रस्त तथा रिजोलुसन महाशाखाको पत्र जाहेरीले बादी नेपाल सरकार भई प्रतिवादी सुवेदीसमेत भएको मुद्दामा उनलाई पक्राउ गरिएको हो ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य अघि बढाइएको ब्युरोले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts