ताप्लेजुङ, २३ मङ्सिर । नेपाली काँग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन प्रमुख दलहरु एकै ठाँउमा बसेर राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस ताप्लेजुङले आज सदरमुकाममा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले मुलुकले स्पष्ट धारणा बनाउन नसक्दा अन्तर्राष्ट्रिय जगतसँग पनि झुक्नुपरेको धारणा राख्नु भयो ।
दलहरुबीच एकता र सहकार्य नहँुदाको परिणाम अहिले मुलुकले भोग्नुपरेको बताउँदै उहाँले अब नेपालका दलहरुले परिवर्तनशील सोच र विचारका साथ सहकार्य गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment