Sunday, December 20, 2015

वीरगन्जमा झडपका कारण जनजीवन त्रसित

वीरगन्ज, ५ पुस । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन त्रसित बनेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउ“सो १२ बजेदेखि पटकपटक झडप भइरह“दा वीरगन्ज तनावग्रस्त भएको हो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि वीरगन्जको घन्टाघर, बसपार्क, मुर्लीचोक, पावरहाउ चोक, राधेमाई चोक, रानीघाटलगायत बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । विभिन्न नारा लगाउ“दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगन्ज बजार बन्द गराएका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले वीरगन्जको घन्टाघरमा ना१ह ९३३ र ना१ह ६६८ नम्बरको ट्याम्पो तथा ना८प १८९०, बा१६च ४४८६ र ना१प ७७२८ नम्बरको मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।

बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts