सुरुङ्गा (झापा), ५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले आन्दोलनबाट समस्याको समाधान ननिस्कने हुँदा संवाद र सहमतिबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।
राजवंशी समाज विकास समिति झापाको स्थापना दिवसको उद्घाटनका लागि आज झापा आइपुग्नुभएका मन्त्री खरेलले बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस मिल्दैमा समस्याको समाधान नहुने र संविधान संशोधनका विषयमा सबैदल मिलेर अघि बढ्नुपर्छ भन्नुभयो ।
सीमाङ्कनको विषयमा समस्या देखिएकाले यो विषय तत्काल टुङ्गो नलाग्ने हुँदा तीन चार महिनाको समय राखेर सहमतिबाटै टुङ्गोमा पुग्न सकिन्छ तसर्थ म आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आएर समस्याको निकास खोज्न आग्रह गर्छु – मन्त्री खरेलले भन्नुभयो । रासस
No comments:
Post a Comment