तिलोत्तमा (रुपन्देही), १६ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवल–४ फुलबारीनजिक ट्रकको ठक्करबाट आज दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिम क्षेत्रीय टाफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलदेखि पश्चिमतर्फ जाँदै गरेको लु१ख ८३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु३प ४५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी रुचाड गाविस–२ बस्ने ३१ वर्षका रनसिंह ठाडाको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिएको जनाएको छ । रासस
No comments:
Post a Comment