इटहरी, १६ मङ्सिर । सुनसरी जिल्लाको दक्षिण पश्चिम कुशाहा–९ मा आज बिहान आगलागीमा छ घर जलेर नष्ट हुँदा रु १५ लाख बढीको नोक्सानी भएको आगलागी पीडित मुस्लिम समुदायले जानकारी गराएका छन् । आगलागीमा चौपायासमेत जलेको बताइएको छ ।
आगलागीमा परेर मुस्ताक अन्सारी, मुमताज अन्सारी, रजाक अन्सारी, कलाउद्दीन अन्सारीलगायत छ घर परिवारको घर गोठसमेत जलेको प्रहरीले बताएको छ । मुस्लिम बस्तीमा लागेको आगोलाई पश्चिम कुशाहास्थित कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगोलाई नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परेर चार गाई र दुई बाख्रा जलेर मरेका छन् । सो आगलागीमा ती सबै मुस्लिम परिवारको घरमा भएको अन्नपात सुनचाँदीका गरगहनालगायत लत्ताकपडा आदि नष्ट भएको बताइएको छ । रासस
No comments:
Post a Comment