काठमाडौँ, १७ मङ्सिर । नेपाल प्रज्ञा प्रतिष्ठानले प्राज्ञसभा सदस्य एवम् साहित्यकार पुष्प सुब्बा थाम्सुहाङको निधनमा शोक व्यक्त गर्दै दिवङ्गत थाम्सुहाङप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
उहाँको नेपाली भाषामा ‘इन्द्रकिलको एकतारा’ (२०२९), ‘अदृश्य व्यथा’ (२०३०), कुल्चिएको अस्तित्व’ (२००५), ‘लिम्बू भाषा, साहित्यिक स्रष्टा र दृष्टिकोण’ (२०६१), ‘विरासतको कायाकल्प’, (२०६६), ‘कथान्तर’, (२०६७), ‘थाम्सुहाङ् वंशावली’, (२०६८) तथा लिम्बू भाषामा ‘याक्थुङ पेनयुकरण’, इत्निम्हा ?’(२०६०), याक्थुङ हुप्पान’ (२०६३) लगायत करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् ।
विभिन्न सङ्घसंस्थाबाट सम्मानित, पुरस्कृत र अभिनन्दित उहाँले ‘शिरिजङ्ग’, ‘निलिमा’, ‘नागबेली’ र ‘थाङ्साङ्’ पत्रिकाको सम्पादन गर्नुका साथै साझा प्रकाशनको प्रशासनिक उत्तरदायित्व र लिम्बू भाषा साहित्य प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीसमेत बहन गर्नुभएको प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जनाउनुभएको छ । रासस
No comments:
Post a Comment