काठमाडौँ, २१ मङ्सिर । ‘लोकतन्त्र, मानवअधिकार र समावेशीता ः राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ भन्ने नाराका साथ सातौँ मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ ।
सतसठ्ठीऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा यही मङ्सिर २३ देखि २५ गतेसम्म काठमाडौँमा महाभेलामा आयोजना हुन लागेको हो । महाभेलामा दिगो विकास लक्ष्य प्राप्तिका लागि महिला सशक्तीकरण, दिगो विकास लक्ष्य र यौन तथा प्रजनन स्वास्थ्य अधिकार, नेपालमा महिला अधिकारको अभियान, नागरिकता र मानवअधिकार शिक्षाजस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै मानवअधिकार ¥याली, प्रदर्शनी, रक्तदान र प्रजनन स्वास्थ्य परीक्षण गरिने आज यहाँ आयोजित पत्रकार भेटमा जानकारी दिइयो ।
महाभेलाकी राष्ट्रिय संयोजक शान्तालक्ष्मी श्रेष्ठले छलफलमा आएका निचोडलाई सङ्कलन गरी मानवअधिकार घोषणापत्र–२०७२ जारी गर्ने बताउनुभयो ।
‘हरेक क्षेत्र र तहमा ५०ः५० को नेतृत्व सन् २०३० सम्ममा’ अभियानको प्रारम्भ गरिने सो महाभेलामा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी तथा सभामुख ओनसरी घर्तीलाई नागरिक अभिनन्दन गरिने छ । यसैगरी महिला अधिकार प्राप्तिमा उल्लेखनीय योगदान पु¥याएका मानवअधिकारकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रासस
No comments:
Post a Comment