Wednesday, December 2, 2015

पेट्रोल छर्केर आगो लगाइयो

परासी, १६ मङ्सिर । नवलपरासीमा अज्ञात समूहले आज सनई–९ पडसरीमा १८ वर्षीय एक युवकको शरीरमा पेट्रोल छर्केर आगो लगाई घाइते बनाएका छन् ।

तेल तस्करी गरेको भन्दै रुपन्देही गाविसका सन्दीप यादवलाई सो समूहले आगो लगाई घाइते बनाएका हुन् ।

आगलागीबाट उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घाइते यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको डा. मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

युवकलाई आगो लगाउने कार्यमा संलग्न रहेको आशङ्कामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts