Monday, December 7, 2015

पूर्व अर्थमन्त्री पुनलाई उपचारार्थ थाइल्याण्ड लगियो

काठमाडौँ, २१ मङ्सिर । एकीकृत नेकपा(माओवादी)का सचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिएको छ ।

विगत केही समयदेखि वंशाणुगत कमलपित्त र कलेजो सुन्निने समस्याका कारण पीडित पुनको यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सचिव पुनको थप स्वास्थ्य उपचारका लागि आजै थाइल्याण्ड लगिएको जानकारी दिनुभयो । भारतको मेदान्त अस्पतालमा गरिएको उपचारपछि स्वास्थ्यमा केही सुधार भए पनि थप परीक्षण गर्नुपर्ने देखिएपछि उहाँलाई आज थाइल्याण्डको समितिभेज अस्पताल लगिएको प्रवक्ता शर्माले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts