Tuesday, December 1, 2015

कतारले आप्रवासी कामदारको अधिकार संरक्षण नगरेको एम्नेस्टीको आरोप

काठमाडौँ, १५ मङ्सिर । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ ।

एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता गर्ने निर्णय भएको पाँच वर्ष भइसक्दासमेत आप्रवासी कामदारको अधिकार संरक्षणको प्रतिबद्धता पूरा नहुनु लज्जाको विषय भएको जनाएको छ ।

कतारमा कामदारको ट्रेड युनियन अधिकार, स्वास्थ्य र सुरक्षाको अधिकार, न्यायमा पहुँच, जागीर परिवर्तनको अधिकार, स्वदेश फर्कने अधिकार, घरेलु कामदारको सुरक्षाजस्ता विषय अझै सुधार नभएको एम्नेष्टीले जनाएको छ ।

उसले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)लाई कतारमा कामदारको अधिकारको सुरक्षाका लागि दबाब दिन आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts