काठमाडौँ, १५ मङ्सिर । नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले मुलुकमा बढेको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति भीमसेनदास प्रधानले भारत सरकारले नेपालमा अघोषित नाकाबन्दी गरेका कारण जनजीवन प्रभावित भएकाले सरकारले कूटनीतिक माध्यमबाट चाँडो समाधान खोज्नुपर्ने र मधेस समस्या तत्काल वार्तामार्फत हल गरी कालोबजारीलाई नियन्त्रण गर्न माग गर्नुभयो ।
उहाँले मधेस आन्दोलन समाधानका लागि सरकारलाई संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्दै नेपाली काँग्रेस काठमाडौँले समस्या समाधानका लागि दबाब दिन भोलि काठमाडौँको शान्तिबाटिकामा पदयात्रा गर्न लागेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका नेता गगन थापा, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र तीर्थराम डङ्गोलले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको विचार व्यक्त गर्दै तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत माग पूरा हुने बताउनुभयो ।
भोलि १ बजे हुने पदयात्राले जनताको अधिकार, न्याय र शान्तिका लागि सहयोग पु¥याउने विश्वास गरिएको छ । रासस
No comments:
Post a Comment