Monday, December 28, 2015

अप्रिय भए पनि मन्त्रालय फुटाउनुपर्ने बाध्यता भयो – मन्त्री सापकोटा

चौतारा, १३ पुस । वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले ९० प्रतिशतभन्दा बढीको समर्थनमा बनाइएको वर्तमान संविधानले सबै वर्गलाई समेटेको दाबी गर्नुभएको छ ।

‘जनताको संविधान जनताकै माझमा’ नेपालको संविधान, २०७२ राष्ट्रव्यापी प्रचार अभियानअन्तर्गत सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा मन्त्री सापकोटाले मधेसका जनता राष्ट्रवादी भएको र केही व्यक्तिको भड्काउमा त्यहाँका जनता आन्दोलनमा लागेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – संविधानको व्याख्या गरी आम मधेसीको भ्रम चिरेर यथार्थताको बोध गराउन अत्यावश्यक भइसकेको छ ।

मन्त्री सापकोटाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकतालाई कायम गर्न चित्त नबुझ्दा नबुझ्दै पनि राष्ट्रको रक्षार्थ मन्त्रालयको सङ्ख्या वृद्धि गर्नुपर्ने बाध्यता आइपरेको स्पष्ट पार्नुभयो ।

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वसांसदद्वय कृष्णराज श्रेष्ठ र सुभाष कर्माचार्यलगायत विभिन्न पार्टी प्रतिनिधिले पनि संविधानका बारेमा चर्चा गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts