Wednesday, December 2, 2015

बिपीको समाजवादलाई पार्टीमा समावेश गर्न तामाङको योगदान

काठमाडौँ, १६ मङ्सिर । नेपाली राजनीतिका आदर्शपुरुष तथा नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको चौथो स्मृतिसभा आज यहाँ सम्पन्न भएको छ ।

सो अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तामाङ परिवारमा जन्मेर नेपाली राजनीतिमा उहाँले पु¥याएको योगदान अनुकरणीय छ भन्नुभयो । अर्काे प्रसङ्गमा नेता पौडेलले दक्षिण एसियामै समावेशी संविधान बनेकाले यसको कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले तामाङ लोकतन्त्रवादी नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भीमबहादुरजीले मलाई बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको घरमा लैजानुभयो तर कहिल्यै काँग्रेस बन भन्नुभएन, उहाँ कसैलाई हस्तक्षेप गर्नुहुँदैनथ्यो ।”

काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले ‘पहिचान भेटिने द्वन्द्व मेटिने’ तामाङको भनाइलाई पार्टीले अगाडि सार्नु आवश्यक रहेको औँल्याउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले राष्ट्रिय सङ्कटमा सबै दल एक हुनाको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे र आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामाले तामाङले देखाएको बाटामा पार्टी नेतृत्व हिँडेको छ कि छैन भनेर मूल्याङ्कन गर्नु आवश्यक रहेको औँल्याउनुभयो । काँग्रेसका पूर्वकेन्द्रीय सदस्य जिपछिरिङ लामाले तामाङका स्मृतिमा विभिन्न सङ्घसंस्था, बाटोघाटो र सालिक निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

काँग्रेसका सांसद रामचन्द्र पोखरेल, तारामान गुरुङ, दिलमान पाख्रिन, बहादुरसिंह तामाङ, पुष्पलता तामाङ, प्रेमध्वज तामाङलगायतले बिपीको समाजवादलाई पार्टीमा समावेश गर्न तामाङले महत्वपूर्ण भूमिका खेलेको भन्दै समावेशी समानुपातिक आधारमा संविधान संशोधन गरेमा तामाङप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको थियो । रासस अच्युत रेग्मी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts