Wednesday, December 2, 2015

नक्कली भूकम्पपीडितमाथि छानबिन हुँदै

काठमाडौँ, १६ मङ्सिर । उपप्रधानमन्त्री चित्रबहादुर केसीले पछिल्लो समयमा सरकारले एक हजार ५०० मि माथि उचाइको क्षेत्रमा सामूहिक बस्ती बनाउने निर्णय गरेकाले अब दु्रतताका साथ कार्य अघि बढाइने बताउनुभएको छ ।

भूकम्पपीडित महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहकारी एवम् गरिबी निवारणमन्त्री केसीले विभिन्न ठाउँमा नक्कली भूकम्पपीडित खडा भएको विषयमा सरकारले छानबिन गरिरहेको र त्यसको तथ्य आएपछि दोषीलाई कारबाही गरिने बताउनुभयो ।

अन्तक्र्रियामा महासङ्घका अध्यक्ष सोमप्रसाद पाण्डेले भूकम्पपीडितको सहयोग पारदर्शी बनाउनुपर्ने, एकीकृत बस्ती विकासका लागि प्राधिकरण गठन गर्नुपर्ने, भूकम्पपीडितलाई न्यानो लुगाका लागि रु २५ हजार दिनुपर्नेलगायत माग गर्नुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts