Monday, December 7, 2015

एडिबीको रु साढे नौ अर्ब ऋण सहयोग

काठमाडौँ, २१ मङ्सिर । एसियाली विकास बैंक काठमाडौँ उपत्यकाको खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि रु नौ अर्ब ५४ करोड सहुलियत ऋण सहयोग उपलब्ध गराउन सहमत भएको छ ।

अर्थमन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रममा अर्थसचिव लोकदर्शन रेग्मी र नेपालका लागि विकास बैंकका देशीय निर्देशक किनीची योकोयामाले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सरकारले सन् २००८ देखि काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि उक्त आयोजना सञ्चालन गर्दै आएको छ । एसियाली विकास बैंकले उपलब्ध गराउने उक्त ऋण कीर्तिपुर र मध्यपुर ठिमीमा पाइपलाइन निर्माण तथा विस्तारका लागि खर्च गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापछि अर्थसचिव रेग्मीले प्राप्त ऋणको सही रुपमा प्रयोग गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिँदै सन् १९७० देखि अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउँदै आएकोमा एसियाली विकास बैंकलाई धन्यावाद व्यक्त गर्नुभयो रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts