Sunday, December 20, 2015

हरुवा चरुवाद्वारा राजविराजमा प्रदर्शन

सप्तरी, ५ पुस । हरुवा चरुवा प्रथाको उन्मूलन हुनुपर्ने माग गर्दै राजविराजमा आज प्रदर्शन गरिएको छ ।

कम्तिमा एकपटक सुरक्षित बास र परिवार तथा सङ्ख्याका आधारमा उब्जाउ जमिन दिनुपर्ने मागसहित सप्तरीका हरुवा चरुवाले राजविराजमा प्रदर्शन गरेका हुन् ।

जिल्लाको विभिन्न ठाउँबाट आएका महिला, वृद्ध तथा युवायुवतीले ‘हरुवा चरुवा प्रथा उन्मूलन गर, हरुवा–चरुवा पुनःस्थापना गरी समस्या समाधान आयोग गठन गर, हरुवाचरुवालाई परिचयपत्र लागू गरजस्ता नारा लगाउँदै उनीहरुले स्थानीय शिव मन्दिर प्राङ्गणबाट सुरु गरिएको हरुवा–चरुवाको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत १० सूत्रीय मागसहितको ज्ञापनपत्रसमेत बुझाइएको बताइएको छ ।

हरुवाचरुवाका छोराछोरीलाई स्नातक तहसम्म छात्रवृत्तिसहित अनिवार्य शिक्षाको व्यवस्था हुनुपर्ने, लोकसेवा आयोगको तयारी कक्षाको व्यवस्था गराउनुपर्ने, श्रमिक, मजदुर र किसानको ज्यालाबापतको पारिश्रमिक समयसापेक्ष र एकैनासको हुनुपर्ने, हरुवा–चरुवा र भूमिहीनसँग सरकारले विभिन्न समयमा गरेका सम्झौता तत्कालै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । सप्तरीमा करिब १८ हजार ३६१ जना हरुवा चरुवा रहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts